सामुदायिक सूचना नेटवर्क (सिआइएन) सामुदायिक रेडियो प्रसारक संघ नेपाल (एकोरब) द्वारा सञ्चालित देशकै ठूलो सामुदायिक समाचार नेटवर्क हो, जसले सन् २००९ देखि स्याटेलाइटमार्फत सदस्य रेडियोहरुलाई जोडेको छ। देशभरका ३५० भन्दा बढी संवाददाताको योगदानमा तयार हुने साझा खबर नामक राष्ट्रिय समाचार बुलेटिन हरेक बिहान र साँझ प्रसारण हुन्छ। यो स्ट्रिमले त्यही सिआइएन खबर सेवा अनलाइनमा उपलब्ध गराउँछ।