बुटवल एफएम ९४.४ मेगाहर्ज वि.सं. २०५९ असार ७ गते सिद्धार्थ मिडिया सर्भिसेज प्रा.लि.अन्तर्गत रुपन्देहीको बुटवलबाट सुरु भएको हो। दैनिक १८ घण्टा प्रसारण हुने यसको तालिकामा मनोरञ्जन, जनचेतना र शैक्षिक कार्यक्रमहरु समेटिएका छन्। शास्त्रीय, लोक र आधुनिक संगीतको मिश्रणले विभिन्न उमेर समूहका श्रोतालाई यसले जोडेको छ।